Duration 20:17

परेवाकाे खाेल्सीमा सुन्दर बुद्धकाे मुर्ती, घुम्न जानै पर्ने काभ्रेकाे बखुण्डाेल बुद्ध पार्क

654 watched
0
25
Published 14 Apr 2021

काठमाडौँ । राजधानी काठमाडौँबाट २८ किलोमिटरमा पर्ने बखुण्डोल बुद्घ पार्क धुलिखेल नगरपालिका वडा नं। ४ बखुण्डोलमा पर्छ । नेवारी भाषामा परेवा बस्ने भञ्ज्याङलाई बखुण्डोल भन्ने अर्थ लाग्ने भएको हँुदा यसको नामाकरण पनि बखुण्डोल बुद्ध पार्क गरिएको हो । अव्यवस्थीत पाखोकोरुमा रहेको यस स्थानलाई हराभरा बनाउनकालागि र बाहय तथा आन्तरिक पर्यटकहरुलाई आकर्षित गराउने उदेश्यले स्थानीय सामाजीक अगुवा र स्थानीय सरकारको समन्वयमा कोभिडको कारणले कोही बाहिर ननिस्कनु भन्ने नेपाल सरकारले लगाएको लकडाउनको सदुपयोग गर्दै स्थानीयहरुको सक्रियतामा यो पार्क निर्माण हुन सम्भव भएको हो । २०७७ असार २० गते शिलान्याश भएर भाद्र २६ गते सम्पन्न गरी पार्कको उद्घघाटन गरिएको पार्कको कुल लगानी मध्य धुलिखेल नगरपालिका र डिभिजन बनकार्यलय धुलिखेलको संयुक्तरुपमा रु १३ लाख, रोटरी क्लव धुलिखेलबाट रु २ लाख, धुलिखेल नगरपालिका वडा नं। ४ बाट ५५,५५५ र बाँकी स्थानीय समुदाय, व्यवस्थापन समिती र विभिन्न दाताहरुको सहयोगमा कुल ३२ लाखमा यो पार्क निर्माण सम्पन्न भएको हो । पार्क निमार्ण भएको पहिलो वर्षमा नै यस ठाउँमा बखुण्डोल बुद्घपार्क व्यवस्थापन समितिले २८५७ औँ लाङ ल्हो सोनाम ल्होछारको उपलक्ष्यमा बृहत साँस्कृतिक ल्होछार कार्यक्रमको आयोजना गरियो । ल्होछार कार्यक्रमलाई भव्य बनाउन बृहत ¥याली समेत गरिएको थियो । यसै पार्कबाट शुरुभएको ¥याली काठमाडौँ विश्वविद्यालय चोक २८ किलो अरनिको राजमार्ग बनेपाको चार दोबाटो परिक्रमा गरि धुलिखेल पिपलबोट हजार सिढीको फेदीसम्म पुगेर पुनः बखुण्डोल बुद्घपार्कमा आई कार्यक्रममा परिणत भएको थियो । बखुण्डोल बुद्घपार्क व्यवस्थापन समितिको अध्यक्ष सत्यमान लामाको संयोजकत्वमा आयोजना गरिएको बृहत साँस्कृतिक ल्होछार कार्यक्रम धुलिखेल नगरपालिकाको मेयर अशोक ब्यञ्जुको प्रमख आत्थ्यि, अन्तर्राष्ट्रिय तामाङ परिषदको वरिष्ट उपाध्यक्ष टाँसी लामा, धुलिखेल नगरपालिकाको उपमेयर विमला शर्मा, धुलिखले नगरपालिका वडा नं। ४ को वडाध्यक्ष रविन्द्र कर्माचार्यको विशेष आत्थ्यि तथा अन्य विशिष्ट व्यक्तिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । मिसन समृद्घ नेपालको महासचिव तथा पत्रकार मिलन दोङले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथि असोक ब्यञ्जुले तामाङ सस्कृति र ल्होछारको महत्वकोबारेमा महत्वपुर्ण भनाइहरु राखेका थिए । विशिष्ट अतिथि अन्तर्राष्ट्रिय तामाङ परिषदको वरिष्ट उपाध्यक्ष टाँसी लामा, विशिष्ट अतिथि धुलिखेल नगरपालिकाको उपमेयर विमला शर्मा विशिष्ट अतिथि धुलिखेल नगरपालिका वडा नं। ४ का वडाध्यक्ष रविन्द्र कर्माचार्यको संबोधन गरेको थियो । कार्यक्रमका सभापति बखुण्डोल बुद्घपार्क ब्यवस्थापन समितिका अध्यक्ष सत्यमान लामाले बखुण्डोल कसरी बुद्घ पार्कमा परिवर्तन भयो भनेर आफ्नो भनाई राखेका थिए । यो बृहत कार्यक्रमलाई सम्पन्न गर्नको लागि अन्तर्राष्ट्रिय तामाङ परिषदका महिला उपाध्यक्ष तथा बखुण्डोल बुद्घपार्क व्यवस्थापन समितिका सचिव अस्मिता वाइवाले प्रमुख व्यवस्थापकीय भुमिका निर्भाह गरेकी थिइन् भने लामा गुरु नरध्वज लामा, सदस्य शरण लामा, रमेश लामा, मनकुमारी दाहाल, रन्जित लामा, पञ्चलामा, सृजना पण्डित, सनम थापा लगाएत स्थानीय युवाहरुको कुशल व्यवस्थापनले गर्दा कार्यक्रम सभ्य,मर्यादित र भब्यताका साथ सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल कलाकार संघका अध्यक्ष संजिव वाइवा, नेपाल तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकर, नेपाली हाँस्यकलाकार बुद्घि तामाङ ९हैट० प्रयास दोङ, रुप कुमार लामा, विजय थोकर, गायिका शशिकला मोक्तानको साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिमा उपस्थित दर्शकहरुले उल्लासमय ढंगले २८५७ औँ लाङ ल्हो मनाएका थिए । देश विदेशमा रहेका नेपाली समुदायसम्म पु¥याउनका लागि सारा खबर अनलाइनको पत्रकार डिभी पराजुली, नमोबुद्घ न्यूजको पत्रकार छेडुप दोङ तामाङले प्रत्यक्ष प्रसारण गरी मिडिया पार्टनरको महत्वपुर्ण भुमिका निर्भाह गरेका थिए । कार्यक्रमलाई अझ रोमान्टीक बनाउने क्रममा कार्यक्रम संचालक द्घय मिलन दोङ र सन्ध्या सुस्केराको जोडी जमेको थियो । आयोजक समितिले सामान्यरुपमा ल्होछार कार्यक्रम गर्ने भनिएको भएता पनि हजारौँ दर्शक र सहभागीहरुको माहोलको कारणले राती ८ बजेसम्म साँस्कृतिक कार्यक्रम आयोजना गर्न आयोजक समिति बाध्य भएको थियो । आयोजक समिति मा सलाम सिंह तामाङ, चन्द्रकमल दाहाल छुट्यो र रमेश लामा होइन राजेश लामा हो बाखुन्दोल को परिभाषा बाखु भनेको परेवा र डोल भनेको द्द खोल्चि को बीचमा उठेको भाग हो । यस डोल्मा चण्डेश्वरी, धनेश्वर, धुलिखेल को परेवा आएर चर्ने ठाउँ भएको ले यसलाई बखुन्दोल् भनेको हो जनताकाे प्रश्न, जनताकाे आवाज अनि जनताकाे समस्यालाइ सम्बन्धित निकायमा पुर्याएर समाधानकाे बाटाे खाेज्ने Sarakhabar TV काे प्रमुख लक्ष्य हाे । समाजमा भएका हरेक घटनाकाे वास्तविक गहिराइमा पुगेर समाचार वा भिडियाेकाे माध्यमबाट स्पष्ट गर्नु नै सारा खबर टि भी काे प्रमुख उदेश्य हाे । विशेष गरेर स्थानीय तहमा भएकाे वास्तवीक घटनालाई जनताकाे सामु प्रस्तुत गरेर भ्रष्ट्राचार निरमुल गर्ने उदेश्यका साथ भिडियाेहरू निर्माण गर्दै आइरहेकाे छ । Sarakhabar TV, Programme host: Milan Lama Dong, Camera : Db Parajuli, Bikash babu Shrestha, Editor: Milan Lama Dong, Amita Lama, youtube, Subscribe and Press the Bell icon to get all the News Update. /channel/UCjSzzRpiBv0tGiA3nHYFmbw?view_as=subscriber Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Page: https://www.facebook.com/SaraKhabarNepal, Group: https://www.facebook.com/groups/50585..., Twitter: https://twitter.com/home www.sarakhabar.com, admin@sarakhabar.com, #buddha#park#dhulikhel municipality, kavre

Category

Show more

Comments - 3